Shree Janata Secondary School (JSS) is located at Gauradaha Municipality in Jhapa district of the glorious country Nepal and has a very peaceful environment in its surrounding. The main occupation of the inhabitants of this area is farming. The school was established 54 years ago in BS 2018 (1961 AD) as a primary school named Rashtriya Primary School Gauradaha with the initiation of some educationists and education lovers to provide quality education to the children of the surrounding VDCs. The school is being managed by the society itself. The school was certified by the Government of Nepal as primary school. Teaching started in 1961 with no building, …… students and ……. teachers. The school has started class 6 in 2020 BS. Due to government policy class six and seven was separated as Junior secondary level school in BS 2023 (1966 AD) which is upgraded as secondary level school named Shree Janata High School in BS 2024 (1967 AD). The first batch of students took the School Leaving Certificate Examination (the national exam that is taken at the end of class 10) in B.S. 2027 With ……. participants among which 9 students were successful to pass the examination. The formal establishment date is celebrated on BS 2024 Bhadra 10 (26 August 1967) (date of establishment as a High School). The school has been upgraded to the higher secondary level and named Shree Jana Higher Secondary School in BS 2066 (2009 AD).  

The school is conducting classes for commerce faculty for the secondary level (10+2 level) and now conducting Computer Engineering course starting from class 9. 

JSS has been serving the communities of various economic backgrounds. The school has produced more than 4000 number of high school graduate till now. The school has a long history and has been able to produce efficient manpower like doctors, engineers, administrators, lawyers, professors to the nation so far.

The following personnel have taken the leadership in the growth and shaping of Janata Secondary School with Rashtriya Primary School Gauradaha.

:: 1.   Mr. Lokendra Bahadur Limbu
Headmaster (BS 2018) -Rashtriya Primary School
:: 2.   Mr. Punya Prasad Dahal
Headmaster (BS 2018 to 2024) -Rashtriya Primary School

:: 1.  

Mr. Purna Bahadur Adhikari
Headmaster (BS 2024)

:: 2.  

Mr. Jiba Nath Rijal
Headmaster (BS 2024  to 2026)

:: 3.  

Mr. Lava Prasad Oli
Headmaster (BS 2026 to 2029)

:: 4.  

Mr. Tahal Das Adhikari
Headmaster (BS 2029  to 2036)

:: 5.  

Mr. Ishwor Prasad Bhandari
Headmaster (BS 2036  to 2038)

:: 6.  

Mr. Krishna Kumar Shrestha
Headmaster (BS 2038  to 2047)

:: 7.  

Mr. Buddhiman Karki
Head Teacher (BS 2047 to till date)

School Management Committee (SMC)The School Management Committee (SMC) is responsible for making, administering and monitoring the policies and programmes. SMC is chaired by the person nominated by District Education Office (GoN).The following personnel have taken the leadership in SMC since BS 2024.

:: 1.  

Mr. Nar Bahadur Basnet
President (BS 2024 to 2036)

:: 2.  

Mr. Megha Raj Paudel
President (BS 2036/08/17 to 2044/08/16)

:: 3.  

Mr. Rohit Kumar Basnet
President (BS 2044/12/12 to 2047/01/24)

:: 4.  

Mr. Dipak Karki
President (BS 2047/02/07  to 2049/02/09)

:: 5.  

Mr. Dhruba Raj Sedhai
President (BS 2049/02/09 to 2058/09/09)

:: 6.  

Mr. Dipak Karki
President (BS 2059/03/13  to 2061/10/02)

:: 7.  

Mr. Padam Raj Dahal
President (BS 2061/10/12  to 2063/05/22)

:: 8.  

Mr. Chiranjibi Dahal
President (BS 2063/08/01  to 2067/02/19)

:: 9.  

Mr. Shyam Pokharel
President (BS 2067/06/08 to 2070/09/30)

:: 10. 

Mrs. Bimala Paneru
President (BS 2070/10/05 to BS 2073/09/03)

:: 11.  

Mr. Shyam Pokharel
President (BS 2073 to Till Date)

जनता माध्यमिक विद्यालयको संक्षिप्त अवलोकन

वि.सं. २०१८ सालमा यहाँका केही शिक्षाप्रेमी व्यक्तिहरुको पहलमा एउटा प्राइमरी स्कूल स्थापना भयो, जसको नाम राष्ट्रिय प्राइमरी स्कूल, गौरादह रहेको थियो । यो नै गौरादहको पहिलो सरकारी अनुदान प्राप्त सरकारी विद्यालय थियो । यस विद्यालयमा प्रारम्भिक प्र.अ. लोकेन्द्रवहादुर लिम्बु भएता पनि प्रवेशिका उत्तीर्ण प्रथम प्र.अ. पुण्यप्रसाद दाहाल केही पछि नियुक्त भई कार्य प्रारम्भ भएको देखिन्छ । पाँच कक्षासम्म पढाउने गरी स्वीकृत भएको यस विद्यालयमा वि.सं. २०२० सालतिर आई पुग्दा कक्षा ६ सम्म पढाइ थालेको थियो ।

वि.सं. २०२३ सालदेखि गाउँ पञ्चायतको पहलमा अनिवार्य तथा निःशुल्क प्राथमिक शिक्षा कार्यक्रम अर्न्तर्गत तत्कालिन गाउँ पञ्चायत क्षेत्रमा तीन वटा प्राथमिक विद्यालयहरु खोलिएका थिए । यसरी विद्यालय सङ्ख्याको बृद्धि भएपछि शिक्षाको महत्व बढ्दै गएको थियो । ती विद्यालयहरु निम्नानुसार रहेको भेटिन्छ ।

१. प्रा.वि. केन्द्र नं. १- राष्ट्रिय प्राथमिक स्कूल, गौरादह

२. प्रा.वि. केन्द्र नं. २- स्कूलचौन बजार (हालः महारानीझोडा गा.वि.स.)

३. प्रा.वि. केन्द्र नं. ३- मझुवा (हालः भिमसेन नि.मा.वि., माहारानीझोडा)

४. प्रा.वि. केन्द्र नं. ४- धिमधिमे (हालः सूर्योदय नि.मा.वि., गौरादह)

      यसै पृष्ठ भूमिमा राष्ट्रिय प्राइमरी स्कूल गौरादह, प्रा.वि. केन्द्र नं. १ मा परिवर्तन भएपछि त्यहाँ रहेको कक्षा ५ भन्दा माथिका कक्षा ६ र ७ लाई झिकी छुट्टै विद्यालयको रुपमा जुनियर हाईस्कूल स्थापना गरिएको थियो । यस विद्यालयमा कक्षा ६, ७ र ८ अध्यापन गराउने व्यवस्था गरिएको थियो । अर्को वर्ष यस विद्यालयको स्तरबृद्धि गर्ने पहल भयो ।

      वि.सं. २०२४ साल भदौ १० गने विधिवत रुपमा जनता हाई स्कूल गौरादहको रुपमा यस विद्यालयको शुभारम्भ हुन गई सञ्चालनमा आएको देखा पर्दछ । गौरादह र यसका आसपासका समाजसेवी तथा बौद्विक अभिभावहरुको सकृय सहयोग र तत्कालीन गाउँ पञ्चायतको पहलमा स्थापित यस विद्यालयको निमित्त सञ्चालक समिति गठन भएको थियो । सञ्चालक समितिको अध्यक्षमा डि.नरबहादुर बस्नेत, सचिव (सेक्रेटरी) पद्मराज दाहाल हुनुहुन्थ्यो भने अन्य सदस्यहरुमा अमृतबहादुर सुवेदी, टिकादत्त रेग्मी, कृष्णकुमार घिमिरे, शरणबहादुर कुँवर, पूर्णमल अग्रवाल र शिक्षक प्रतिनिधि एक (नाम उल्लेख नभएको) समेत रहनु भएको पाइन्छ ।

      विद्यालयको प्रारम्भिक अवस्थाबाट वि.सं. २०२६ भदौ महिनासम्म -करिव २ वर्ष जीवनाथ रिजालले प्र.अ. को पदमा रही कार्य गर्नु भएको र त्यसपछि लवप्रसाद ओली प्रधानाध्यापकमा नियुक्ती हुनु भएको थियो । प्रारम्भिक अवस्थामा पूर्णबहादुर अधिकारी, श्यामबहादुर बस्नेत, रामप्रसाद चौलागार्इं, दुर्गाप्रसाद गौतम, हरिबाबु भट्टर्राई आदिले कार्य गर्नु भएको थियो भने केही पछिदेखि उमानाथ रिजाल, फणिधर बस्नेत, डिल्लीप्रसाद घिमिरे, तिलकबहादुर कार्की आदिले थप शिक्षकका रुपमा कार्य गर्न थाल्नु भएको थियो ।

      स्थापना कालमा विद्यालयको भौतिक अवस्था अत्यन्त नाजुक थियो । विद्यालयको आफ्नो भवनको अभावमा स्थानीय गाउँ पञ्चायतको बजारमा भएका काठका टहरामा कक्षा सञ्चालन हँुदै आएको थियो । बजार माझमा रहेको खुल्ला टहरा र अव्यवस्थित कोठाका कारणले उपयुक्त शैक्षिक वातावरणका लागि विद्यालयले छुट्टै भवन निर्माण गर्नु आवश्यक थियो । विद्यालयलाई वार्ड नं. ३ स्थित बजार उत्तर (पोखरी छेऊ) हालः विद्यालय रहेको ठाउँमा वि.सं. २०२४ साल पौषमा गौरादहका ९ वटै वडामा तीन सय २२ जना महानुभावहरुको सल्लाह र सहयोगमा विद्यालय भवन निर्माण गर्न तत्कालीन गौरादह गाउँ पञ्चायतका प्रधानपञ्च डि. नरबहादुर बस्नेतको अध्यक्ष र सचिव पदमप्रसाद बराल समेत रहेको भवन निर्माण समिति गठन गरियो । सो समितिका अन्य सदस्यहरुमा कृष्णप्रसाद घिमिरे, भविसचन्द्र राजवंशी, सम्पतलाल चौधरी, धर्मराज पौडेल, पदमबहादुर सुवेदी, तिलकबहादुर थापा, हिन्दबहादुर र्राई, जगन्नाथ अग्रवाल, निर्मलकुमार दास गरी अध्यक्ष सहित १३ जना रहनु भएको थियो । यस वाहेक भवन निर्माणका लागि वडा अध्यक्षबाट सहयोग जुटाउन नौ वटै वडामा सम्बन्धित अध्यक्षहरुको संयोजकत्वमा टोलीहरु समेत गठन गरिएको थियो । यसरी जनसहयोग सङ्कलन गरी दुइ वर्षभित्रैमा एउटा सात कोठे गिलेवा जोर्डाई, पक्की दिवाल र टिनको छाना भएको यू आकारको भवन निर्माण कार्य सम्पन्न भएको थियो ।

      हालः विद्यालय सञ्चालन हुँदै रहेको तत्कालीन नवनिर्मित भवनमा वि.सं. २०२६ साल भदौदेखि बजारबाट विद्यालय स्थानान्तरण गरिएको थियो । यसै दौरानमा विद्यालयको दैनिक शैक्षिक प्रशासनमा फेरबदल भई वि.सं. २०२६ भदौदेखि प्रधानाध्यापकमा लवप्रसाद ओलीलाई नियुक्त गरिएको थियो । यसै गरी विद्यालय सञ्चालक समितिमा पनि केही हेरफेर भई पूर्वप्रधानाध्यापक जीवनाथ रिजाललाई सचिवको रुपमा पदस्थापन गरिएको थियो । वहाँले सो पदमा रही २०२९ पौषसम्म कार्य गरेको देखिन्छ ।

       राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८) झापा जिल्लामा २०२९ सालबाट लागू गरियो र यसको कार्यान्वयन पछि विद्यालयको शैक्षिक, प्रशासनिक, भौतिक र आर्थिक पक्षमा आमूल परिवर्तन आएको थियो । नयाँ प्रधानाध्यापकमा टहलदास अधिकारी नियुक्त भई कार्य प्रारम्भ गर्नु भयो । शिक्षक दरबन्दी किटान भई शिक्षकहरुको नयाँ नियुक्ती गरिएको थियो । विद्यालय व्यवस्थापनमा सहयोग पुर्‍याउन सञ्चालक समितिको सट्टा विद्यालय सहयोग समिति रहने व्यवस्था भएको थियो ।

      नयाँ शिक्षा योजना अनुरुप पहिलो सहयोग समितिका रुपमा अध्यक्ष डि. नरबहादुर बस्नेत र सदस्यहरुमा जीवनाथ रिजाल, शरणबहादुर कुँवर, रत्नबहादुर श्रेष्ठ लगायत रहनु भएको थियो भने सदस्य सचिवमा प्रधानाध्यापक रहने व्यवस्था थियो । यस सहयोग समितिले २०३६ सालसम्म केही फेरबदल हुँदै कार्य गर्यो । त्यसपछि मेघराज पौडेलको अध्यक्षतामा ०३६ सालमा तिलकबहादुर कार्की, रोहितकुमार बस्नेत, रेवतीराज दाहाल, गरुडध्वज बस्नेत र शर्मानन्द अधिकारी सहितको विद्यालय सहयोग समिति गठन भएको थियो । यो सहयोग समिति २०४४ सालसम्म कार्यरत रहेको थियो ।

      समयको अन्तरालसँगै आएका अनेकौँ परिवर्तनको उतार चढावबाट विद्यालयमा पनि अनेकौँ परिवर्तनहरु हुँदै गए । २०४०/०४१ को शैक्षिक सत्रतिर यस विद्यालयमा शिक्षक सङ्ख्या  ३० र कर्मचारी ५ गरी ३५ जना स्टाफ र विद्यार्थी १७०० रहेको इतिहास पाइन्छ । यस बीचमा २०३६ भदौदेखि इश्वरप्रसाद भण्डारी र २०३८ साल चैत्रदेखि कृष्णकुमार श्रेष्ठ प्र.अ.मा रहनु भएको थियो भने वि.सं. २०४७ बैशाखबाट बुद्धिमान कार्की प्रधानाध्यापक पदमा नियुक्त भई हालसम्म कार्यरत रहनु भएको छ ।

      सञ्चालक समिति तर्फ२०४४ साल चैत्रदेखि रोहितकुमार बस्नेतको अध्यक्षतामा बनेको समितिले २०४७ बैशाखसम्म कार्य गरेको थियो । त्यसपछि २०४७ साल जेष्ठमा दिपक कार्की र २०४९ सालको शुरुतिरै ध्रुवकुमार सेर्डाईको अध्यक्षतामा समिति गठन भए । शिक्षा साताँैं संशोधित ऐनको प्रारम्भपछि वैधानिक रुपमा मिति २०५९ असारमा दिपक कार्कीको अध्यक्षतामा त्यसपछि २०६१ माघमा पद्मराज दाहाल, २०६३ चैत्र १७ गते चिरञ्जीवी दाहाल, २०६७ असोज ८ गतेको अभिभावक भेलाबाट श्याम पोखरेल र २०७० पुष २५ गते बिमला पनेरुको अध्यक्षतामा विद्यायल व्यवस्थापन समितिहरु गठन भएका थिए । हालः २०७३ साल फाल्गुण ११ गते श्याम पोखरेलको अध्यक्षतामा गठन भएको विद्यालय व्यवस्थापन समिति कार्यरत रहेको छ ।

      समयको मागसँगै विद्यालयको स्तरोन्नति गर्ने क्रममा शैक्षिक सत्र २०६६ देखि विद्यालयले उच्च मा.वि. तहको सम्बन्धन प्राप्त गरी वाणिज्य शास्त्र र शिक्षा शास्त्र संकायमा कक्षा ११ र १२ सञ्चालन गर्दै आएको छ । निकट भविष्यमा विज्ञान संकाय समेत थप गर्ने गरी भौतिक पक्षको तयारी स्वरुप ४ कोठे पक्का भवन समेतको निर्माण कार्य पूरा भएको छ ।