जनता माध्यमिक विद्यालय, झापा जिल्ला स्थित गौरदह न पा वार्ड न १ मा अवस्थित पुरानो र ऐतिहासिक सामुदायिक विद्यालय हो।यस विद्यालयको स्थापना वि. स. २०२४ सालमा भएको हो। स्थापनाको ५० वर्ष पुगेको अवसरमा २०७४ सालमा विद्यालयले भब्य रूपमा स्वर्ण महोत्सव कार्यक्रम सम्पन्न गरिसकेको छ। समयको अन्तराल संगै  विद्यालयको  शैक्षिक, भौतिक लगायत समग्र पक्षमा परिवर्तन आएको छ।विद्यालयलाई अपग्रेड गर्ने क्रममा शैक्षिकसत्र २०६५/०६६ देखि शिक्षा र बाणिज्य शास्त्र समुहमा कक्षा ११/१२ थप गरिएको हो। हाल नर्सरी देखि कक्षा १० सम्म दिवा र कक्षा ११/१२ बिहानी शत्रमा पठनपाठन हुन्छ ।

यस विद्यालयमा शैक्षिकसत्र २०७३ देखि कक्षा ९ बाट प्राविधिक तथा व्यवसायिक धारमा कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन शुरु गरिएको हो। हाल कक्षा ९ – १२ मा कम्प्युटर विषयको पठनपाठन हुन्छ । CTEVT बाट प्रदान गरिने छोटोे अवधिका विभिन्न ब्यवसायिक तथा प्राविधिक विषयमा समेत तालिम संचालन गरिन्छ। यसबाट न. पा.भित्रको एकमात्र  प्राविधिक शिक्षा प्रदायक विद्यालयको  रूपमा पनि यस विद्यालयलाई चिनिन्छ ।

      यो गौरादह न. पा.भित्रका ३२ वटा सामुदायिक विद्यालयहरु बीचको साबिक श्रोतकेन्द्र विद्यालय पनि हो । यसलाई अगुवा विद्यालय (leader school ) को रुपमा पनि चिनिन्छ । कक्षा नर्सरी देखि ८ सम्म अङ्ग्रेजी र कक्षा ९- १२ सम्म अङ्ग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुन्छ । शिक्षणमा प्रविधिको प्रयोग, अङ्ग्रेजी माध्यममा पठनपाठन, ब्यवस्थित प्रयोगशालाको व्यवस्था, नियमित रूपमा अतिरिक्त क्रियाकलाप संचालन र विद्यार्थीको सहभागिता, वाल क्लव, जुनियर रेडक्रस सर्कल, मनिटर संजाल, टिन्ज क्लब जस्ता संस्थाहरुको माध्यम बाट विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको विकास गर्ने अवसर प्रदान गर्नु विद्यालयका प्रमुख विशेषताहरु हुन। विद्यालयमा नर्सिङ शिक्षाको प्रबन्ध अर्को आकर्षण  बनेको छ। चालु शैक्षिक शत्र २०७७ बाट कक्षा ११/१२ मा बिज्ञान विषय थप गरिने निर्णय गरिएको छ। यस बाट गौरादह न पा र नजिकका सिमावर्ती गौरिगन्ज,  कमल र शिव सतासी पालिकाहरुकाबाट  समेत विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुका लागि यो विद्यालय पायक पर्ने अपेक्षा गरिएको छ।
       स्थापना पछि विद्यालयबाट उत्पादन भएको बृहत शैक्षिक जनशक्ति उच्च शिक्षाको पहुँच सहित देश भित्र र बाहिर समेत सामाजिक, शैक्षिक, प्राविधिक, राजनैतिक एवं विभिन्न क्षेत्रमा कृयाशिल रहेकोे छ। यसले  विद्यालयको  गौरवमा थप टेवा पुर्याएको छ।
 
 धन्यवाद !
 

Dear Parents, Guardians and Students,

Janata Secondary School (JSS), since its establishment in the year 2018 BS (AD 1961), has aspired and made constant effort for excellence. It is our privilege to lead such a great academic institution consisting of dedicated staff, outstanding students and an incredible parent community. We thoroughly enjoy watching students grow in an environment that fosters their overall academic and character development. We are aware of the numerous short comings and challenges faced by government school education system. We are continuously taking up the challenge to develop as a centre of learning and directing our passion towards imparting quality education at an affordable rate. It was established with …. students in a small building. In course of time, JSS grew abundantly in size and stature, expanding into one of the prominent academic institutions in the country, offering holistic and quality education from pre-primary to 12th level.

We strongly believe that the assurance of student quality comes from a high – end teaching program, delivered by well qualified and dedicated teachers who take care to instill not just the knowledge but also the right attitude and skills in the students. Extra and co-curricular activities are an integral part of the school life in JSS.

JSS is the best in terms of quality education, state of the art infrastructure, extensive facilities and a large number of students’ enrollment. All these efforts have helped JSS to produce excellent academic results, well above national averages.

The Principal